२०८१ माघ ३०, बुधवार , ०९:४८:४९ बजे

Sajhamanch
'

युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्ति

बुधवार, माघ ३०, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ भन्ने विचार व्यक्त गरेका छन् ।

पछिल्लो समय विभिन्न देश आफै किन्ने घोषणा गरेर आलोचित भइरहनुभएका ट्रम्पले युक्रेन कुनै दिन रुसको बन्न सक्ने बताएका हुन ।

रुससँगको तीन वर्ष लामो युद्धको अन्त्यका लागि दबाब दिँदै ट्रम्पले भन्नुभएको छ,‘उनीहरूले सम्झौता गर्न सक्छन्, उनीहरूले सम्झौता नगर्न पनि सक्छन् । उनीहरू कुनै दिन रुसी हुन सक्छन् वा नहुन पनि सक्छन्’ ।

ट्रम्पले अब लामो समय अमेरिकाले युक्रेनको लागि सहयोग जारी राख्न नसक्नेतर्फ पनि सङ्केत गरेका छन् ।

युक्रेनका प्राकृतिक स्रोतहरू र दुर्लभ खनिजहरूका लागि व्यापारको सुझाव दिँदै उहाँले युक्रेनलाई दिइएको अमेरिकी सहयोगमा लगानी फिर्ताको कुरामा जोड दिएका छन् ।

आफूहरुले युक्रेनमा गरिरहेको लगानीको प्रतिफल त्यहाँका खनिजबाट पूर्ति गर्न सक्ने ट्रम्पको भनाइ छ ।

ट्रम्पले चाँडै युक्रेनमा आफ्ना विशेष दूत किथ केलोगलाई पठाउने पुष्टि गर्नुभयो । केलोगलाई लडाइँ रोक्नका लागि प्रस्ताव तयार गर्ने काम दिइएको छ ।

अमेरिकाले अब युक्रेनलाई नेटोको सदस्यता दिन नहुने र अहिलेसम्म रुसले कब्जा गरेको युक्रेनी भूभागलाई रुसकै मान्नेगरी युद्ध अन्त्य गराउने तयारी गरिरहेको छ । तर यस्ता सम्झौताले नमान्ने युक्रेनको सङ्केत छ ।

सम्बन्धित खबर