२०८१ माघ २८, सोमवार , ०४:२०:४५ बजे

Sajhamanch
'

अमेरिकी सामानमा चीनको जवाफी आयात शुल्क लागू

सोमवार, माघ २८, २०८१

झापा । चीनले केही अमेरिकी सामानमा तोकेको आयात कर आजदेखि लागू भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १० प्रतिशत कर लगाएपछि त्यसको जवाफमा चीनले पनि केही अमेरिकी सामानमा थप करको घोषणा गरेको थियो । चीनले फेब्रुअरी ४ तारिखमा यस्तो योजना घोषणा गरेको थियो ।

अमेरिकी सामानमा लगाइने चीनको पछिल्लो आयात शुल्कमा अमेरिकी कोइला र लिक्विफाइड प्राकृतिक ग्यास उत्पादनका आयातमा १५ प्रतिशत सीमा कर रहेको छ । यस्तै अमेरिकी कच्चा तेल, कृषि मसिनरी र ठूला इन्जीनका कारहरूमा १० प्रतिशत आयात शुल्क लगाएको छ ।

यस्तै चीनले २५ वटा दुर्लभ धातु निर्यातमा नियन्त्रण गरेको छ । तीमध्येका केही कैयौँ विद्युतीय उत्पादन र सैन्य उपकरणका लागि नभइ नहुने सामग्री हुन् । चीनले अघिल्लो हप्ता अमेरिकी प्रविधि कम्पनी गुगलको एकाधिकार विरुद्धमा अनुसन्धान पनि शुरु गरेको छ ।

यसैबीच आज अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्ले जुनसुकै देशबाट अमेरिका भित्रने स्टील र अल्मुनियममा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यसले अमेरिका–चीन व्यापारमा थप असर गर्नेछ । चीन विश्वका प्रमुख स्टील र अल्मुनियम उत्पादक देशहरुमध्ये एक हो ।

सम्बन्धित खबर