२०८१ माघ २८, सोमवार , ०१:२२:३७ बजे

Sajhamanch
'

कङ्गोमा तत्काल युद्धविराम गर्न अफ्रिकी नेताहरूको आह्वान

सोमवार, माघ २८, २०८१

झापा । अफ्रिकी नेताहरूले पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गोमा तत्काल युद्धविरामको लागि आह्वान गरेका छन् ।

चलिरहेको द्वन्द्वको स्थायी समाधान खोज्न आफ्नो पूर्ण समर्थन गरेको भन्दै क्षेत्रीय नेताहरूले कङ्गोमा तत्काल युद्धविराम र आपूर्ति लाइनहरूको पुनस्र्थापनाका लागि आह्वान गरेका हुन् ।

नेताहरूले मानवीय आपूर्ति लाइनहरू पुनस्र्थापित गर्न यातायात मार्गहरू पुनः खोल्न आग्रह गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

नेताहरूले पछिल्लो परिस्थितिको अत्यावश्यकतालाई स्वीकार गर्दै तत्काल र विना शर्त युद्धविराम लागू गर्न प्राविधिक उपायहरू अवलम्बन गर्न आउने बिहिवारभित्रसम्मको समय दिएका खबरमा उल्लेख छ ।

क्षेत्रीय नेताहरूले राजनीतिक र कूटनीतिक संलग्नताको वार्ता द्वन्द्वको सबैभन्दा दिगो समाधान भएकाले राज्य र गैर–राज्य पक्षहरूसँग प्रत्यक्ष वार्ता पुनः शुरु हुनुपर्नेमा आफ्नो समर्थन रहेको बताएका छन् ।

सम्बन्धित खबर