२०८१ माघ २८, सोमवार , १०:०१:४० बजे

Sajhamanch
'

अमेरिका प्रवेश गर्ने सबै स्टील र आल्मुनियममा २५ प्रतिशत आयात कर लगाउने तयारी

सोमवार, माघ २८, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै स्टील र आल्मुनियममा २५ प्रतिशत आयात करको घोषणा गर्ने तयारी गरेका छन् ।

ट्रम्पको यो कदमले क्यानडामा सबैभन्दा ठूलो प्रभाव पार्ने बीबीसीले जनाएको छ । तर ट्रम्पले घोषणा गर्न लागेको आयात कर कुन राष्ट्रलाई लक्षित गर्न खोजिएको हो भन्ने खुलाइएको छैन ।

क्यानडा र मेक्सिको अमेरिकाका दुई ठूला स्टील व्यापारिक साझेदार हुन् । क्यानडा अमेरिकामा आल्मुनियम धातुको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा स्टील आयातमा २५ प्रतिशत र क्यानडा, मेक्सिको र युरोपेली सङ्घबाट आल्मुनियम आयातमा १० प्रतिशत शुल्क लगाउनु भएको थियो । तर अमेरिकाले एक वर्षपछि क्यानडा र मेक्सिकोसँग ती करहरू अन्त्य गर्न सम्झौता गरेको थियो ।

सम्बन्धित खबर