२०८१ माघ २७, आइतवार , ०७:०७:२९ बजे

Sajhamanch
'

आतिशीले दिइन् दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा

आइतवार, माघ २७, २०८१

काठमाडौं । विधान सभा चुनावमा आफ्नो पार्टीले पराजय भोगेपछि आतिशीले दिल्लीको मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएकी छिन् ।

आम आदमी पार्टीकी नेतृ आतिशीले आइतबार बिहान दिल्लीका उपराज्यपाल वीके सक्सेनालाई आफ्नो राजीनामा बुझाएकी हुन् । उनी राजीनामा बुझाउन सक्सेन निवासमा पुगेकी थिइन् ।

दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ठूलो झट्का बेहोरेको छ । आपले आफ्नो पहिलेको ६२ सिटको तुलनामा २२ सिट मात्र जित्न सकेको छ ।

उपराज्यपाल वीके सक्सेनाले आतिशीको राजीनामा स्वीकृत गरेको बीबीसीले लेखेको छ । उपराज्यपालले आतिशीलाई नयाँ सरकार गठन नभएसम्म पदमा रहन आग्रह गरेका छन् ।

अरविन्द केजरीवालले आफ्नो पदबाट राजीनामा दिएपछि आतिशी गत सेप्टेम्बरमा दिल्लीको मुख्यमन्त्री बनेकी थिइन् ।

भारतीय जनता पार्टी (भाजपा) ले ४८ सिट जितेको छ । २७ वर्षपछि दिल्ली विधानसभा चुनावमा भाजापाले पूर्ण बहुमत प्राप्त गरेको छ । जबकि कांग्रेस पार्टीले यस पटक एउटा पनि सिट जित्न सकेन ।