![](https://sajhamanch.com/wp-content/uploads/2025/02/skynews-bus-crash-collision_6823695_A1Toflxooe.jpg)
झापा । मेक्सिकोमा बस र ट्रक ठोक्किदा कम्तीमा ४१ जनाको ज्यान गएको छ । दुर्घटनामा बसमा रहेका ३८ जना यात्रु, दुई जना चालक र ट्रकका चालक गरी ४१ जनाको ज्यान गएको समाचारसंस्था रोयटर्सले जनाएको छ ।
बिहान बस र ट्रक आपसमा ठोक्किएपछि बसमा आगलागी भएको थियो । बस पूर्णरुपमा जलेको छ । बसमा ४८ जना रहेकामा अरूको अवस्थाबारे खोजी भइरहेको छ । बस सञ्चालक टुरस् आकोस्टाले बस कानकुनबाट टाबास्को गइरहेको बताएको छ ।