२०८१ फागुन २६, सोमवार , ०२:४७:५७ बजे

Sajhamanch
'

प्रधानमन्त्रीको निर्णय नेपाल चिकित्सक संघद्वारा स्वागत, आवासीय चिकित्सकको तलब ४८ हजार

शुक्रवार, माघ २५, २०८१

काठमाडौँ । नेपाल चिकित्सक संघले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय स्वागत गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले आवासीय चिकित्सकको तलब ४८ हजार ७३७ कायम गरिएको जनाएको हो ।

यसअघि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसबिचमा सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक रु. ४८ हजार ७००) कायम गर्ने निर्णय भएको हो ।

त्यसलगत्तै संघले विज्ञप्ति जारी गर्दै नेपालका आवासीय चिकित्सकहरूको निर्वाह भत्तालाई सरकारी आवासीय चिकित्सक आठौँ तह सरह गर्ने निर्णय एवं हप्तामा ८० घण्टा हुने तथा बिदालगायत अन्य विषयमा सरकार सकारात्मक देखिएकोमा प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री र चिकित्सा शिक्षा आयोगलाई धन्यवाद दिँदै स्वागत गरेको हो ।

Press Release

सम्बन्धित खबर