२०८१ माघ २५, शुक्रवार , १०:२५:१२ बजे

Sajhamanch
'

अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

शुक्रवार, माघ २५, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्ड को हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिका भ्रमणमा रहेका बेला ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

गाजा क्षेत्रमा आक्रमण गरेर युद्ध अपराध गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतले सन् २०२१ को नोभेम्बरमा इजरायलका प्रधानमन्त्री नेतान्याहू र पूर्व रक्षामन्त्री योव गालान्टमाथि पक्राउ पुर्जी जारी गरेको थियो ।

ट्रम्पले अदालतलाई प्रतिबन्ध लगाएर अमेरिका इजरायलको साथमा रहेको सन्देश दिन खोजेको विश्लेषण गरिएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतका १२४ देश सदस्य छन् । तर अमेरिका, इजरायल, रुस र चीनसहितका देश सदस्य छैनन् ।

सम्बन्धित खबर