२०८१ माघ २३, बुधवार , ०४:१६:२० बजे

Sajhamanch
'

ट्रम्पले अमेरिकाबाट निकाले २०५ अवैध भारतीय नागरिक

बुधवार, माघ २३, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बिना कागजात बसिरहेका भारतीय नागरिकलाई देश निकाला गरेका छन् ।

ट्रम्पले राष्ट्रपति पद सम्हालेसँगै अवैध आप्रवासीलाई आफ्नै देश फर्काउने अभियानअन्तर्गत पहिलोपटक २०५ जना भारतीय नागरिक डिपोर्ट भएका हुन् ।

बीबीसी हिन्दीका अनुसार भारतीय नागरिकहरू बोकेको अमेरिकी सेनाको विमान सी– १७ अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा आज अवतरण गर्दैछ ।

रविदास विमानस्थलमा ओर्लिने केही भारतीयलाई भारतीय प्रहरीको गाडीमा उनीहरूकै गाउँसम्म पु¥याउनेछ । अन्य राज्यका नागरिकलाई भने विमानमार्फत नै घर पठाइने बताइएको छ ।

बीबीसीका अनुसार विमानस्थलमा सुरक्षा अवस्था कडा पारिएको छ । मिडियालाई प्रवेश अनुमति पनि दिइएको छैन । तर, डिपोर्ट भएर आएकाहरूसँग विमानस्थल बाहिर केहीबेर कुराकानी गर्न दिइने बताइएको छ ।

पन्जाब सरकारका एनआरआई मामिलामन्त्री कुलदीप सिंह धालीवालले अमेरिकाले फिर्ता गरेका २०५ भारतीयहरूलाई स्वागत गर्न आफैं अमृतसरस्थित विमानस्थलमा जाने बताएका छन् ।

सम्बन्धित खबर