२०८१ माघ २१, सोमवार , ११:०३:५४ बजे

Sajhamanch
'

अरुणिमाले सामाजिक संजालबाट हटाइन् विवाहका तस्वीर

सोमवार, माघ २१, २०८१

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले विवाहका तस्वीर सामाजिक संजालबाट हटाएकी छन् । अरुणिमाको इन्स्टाग्राम र फेसबुकको टाइमलाइनमा अहिले पति युवराज श्रेष्ठ र विवाहका फोटोहरू गायब छन् ।

यी दुईजनाले भदौ ३ गते काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा विवाह गरेका थिए । फोटो हटाउने मात्र होइन, इन्स्टाग्राममा एकअर्कालाई पछ्याएको देखिँदैन । विवाहपछि अरुणिमा अहिले अमेरिकामा छिन् ।सामाजिक संजालबाट विवाहका फोटो गायब भएपछि फ्यानले यो जोडीको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी काटिरहेका छन् । विवाहपछि युवराजले आफू अरुणिमासँग अमेरिका जाने भन्दै टिभीमा अन्तर्वार्ता समेत दिएका थिए ।

युवराजले भने फोटो हटाएका छैनन् । अरुणिमाले यसअघि अमित अर्यालसँग पहिलो विवाह गरेकी थिइन् । पहिलो विवाह टुटेपछि अरुणिमाले युवराजसँग मागी विवाह र सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेकी थिइन् । परिवार नेपाल घुम्न आएको बेला युवराजलाई मन पराएपछि विवाह भएको थियो ।

सम्बन्धित खबर