२०८१ माघ १८, शुक्रवार , ०४:०३:२३ बजे

Sajhamanch
'

गाडिएको अवस्थामा बालिकाको शव फेला परेको घटनामा मावली हजुरबुबा पक्राउ

शुक्रवार, माघ १८, २०८१

विराटनगर । मोरङको विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मावलीतर्फका हजुरबुबा सर्जुक यादव रहेका छन् ।

मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना शंकास्पद देखिएपछि विराटनगर-५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुबा सर्जुकलाई नियन्त्रणमा लिएको हो ।

डीएसपी जोशीका अनुसार भारत बिहारको छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिना अघि आफ्नै आमा-बुबासँगै मावलाघर विराटनगर आएकी थिइन् ।

चाँदनीलाई हजुरबुबाको साथमै छाडेर उनका आमाबुबा भारत फर्केका थिए । तर, चाँदनी आमाबुबासँगै आफ्नो घर भारत नफर्किएपछि घटना शंकास्पद रहेको जानकारी उतैबाट प्रहरीलाई गरिएको थियो ।

सोही आधारमा प्रहरीले यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डीएसपी जोशीले बताए ।

चाँदनीको शव गाडिएको अवस्थामा उनको हजुरबुबाको घरभन्दा करिब ३८ मिटर दक्षिण रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर