२०८१ माघ १७, बिहिवार , ११:३१:५१ बजे

Sajhamanch
'

आज शहीद दिवस (मुख्यमन्त्री कार्कीको सन्देशसहित)

बुधवार, माघ १६, २०८१

झापा । प्रजातन्त्रको स्थापना तथा पुनःस्थापना एवम् विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज माघ १६ गते देशभर शहीद दिवस मनाइँदैछ ।

शहीद सप्ताहको अन्तिम दिन बुधबार सरकारले सार्वजनिक विदा दिएको छ भने शहीदगेटमा शहीदप्रति श्रद्धाञ्जली अर्पण हुने र माल्यार्पण गरिने कार्यक्रम तय गरिएको छ । त्यस कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीहरु सहभागी हुने जनाइएको छ ।

विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न संघसंस्थाले मात्र कार्यक्रम गरी दिवस मनाउने गरेका थिए ।

तर यस वर्ष प्रधानमन्त्री ओली आफैं शहीदगेट पुग्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद स्मारक पुग्ने छन् । सिंहदरबार परिसरमा आयोजना हुने शहीद दिवसको कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । यही घटनालाई स्मरण गर्न प्रत्येक वर्ष माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाउने गरिएको छ ।

शहीद दिवसको अवसरमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा सन्देश जारी गरेर स्वतन्त्रा प्राप्तीका लागि भएका सबै किसिमका आन्दोलनहरुमा शहादत प्राप्त गर्ने ज्ञात अज्ञात शहीदहरुप्रति सम्मान गरेका छन् ।

हेर्नुस् सन्देश

सम्बन्धित खबर