२०८२ असार ३, मङ्गलवार , ०६:४०:०७ बजे

Sajhamanch
'

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, ट्रोल गर्नेलाई ५ लाख रुपैयाँसम्म जरिवाना

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । सरकारले ट्रोल गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँ सम्म जरिवाना तिराउने विधेयक ल्याएको छ।

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ल्याएको हो। सरकारले यो विधेयक संसदमा पेस गरेको हो।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले केही शर्तहरू पालना गर्नुपर्ने उक्त विधेयकमा उल्लेख गरेको छ।

‘कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य नगर्ने,’ विधेयकमा भनिएको छ, ‘यस विपरीतको कार्य गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई विभागले पाँच लाख रुपैयाँ सम्म जरिवाना गर्न सक्नेछ।’

यस्तै मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचनाको तोडमरोड गरी प्रसार गर्न नहुने, निषेध गरेका वस्तुको विज्ञापन तथा कारोबार गर्न नहुने लगायत पनि यस विधेयकमा उल्लेख छ।

सम्बन्धित खबर