काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट कम्पनीले टिकटकको अमेरिकी कारोबार खरिद गर्न सक्ने संकेत गरेका छन् ।
उनलाई पत्रकारहरुले सोधेको एक प्रश्नमा माइक्रोसफ्टले टिकटक खरिद गर्नका लागि छलफल चलाएको हो रु भनेर सोधेका थिए । त्यसको जवाफमा ट्रम्पले भने, ‘हो । टिकटकमा साँच्चै रुचि छ ।’ उनले टिकटक खरिदका लागि मोलमोलाइको होड देख्न चाहेको पनि बताएको बीबीसीले जनाएको छ ।
यसअघि टिकटक खरिदबिक्रीबारे अमेरिकी कम्पनीसँग प्रारम्भिक छलफल चलेको समाचार सार्वजनिक भएको थियो । त्यतिबेला एलन मस्कले टिकटक खरिद गर्न सक्ने अनुमान गरिएको थियो ।
गत हप्ता ट्रम्पले एक निर्देशनात्मक आदेश जारी गर्दै ७५ दिनभित्र अमेरिकी कम्पनीलाई टिकटकको सेयर बिक्री गर्नुपर्ने र त्यसो नगरे टिकटक बन्द गर्ने चेतावनी दिएका थिए ।
अमेरिकाको संघीय अदालतले टिकटकलाई १९ जनवरीसम्म आफ्नो पेटेन्ट कम्पनी बाइटडान्सको सेयर बेच्न भनेको थियो । योसँगै आइतबार अमेरिकाका अधिकांश उपभोक्ताको फोनमा टिकटकले काम गर्न छाडेको थियो ।
सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको थियो । तर ट्रम्पले केही खुकुलो नीति अपनाएपछि टिकटकले उनलाई धन्यवाद दिँदै पुनः सेवा सुरु गरेको थियो ।
अमेरिकामा टिकटकटका १७ करोड प्रयोगकर्ता रहेको अनुमान छ ।