२०८१ माघ १४, सोमवार , ०१:२०:४० बजे

Sajhamanch
'

अवैध रूपमा अमेरिका पुगेका आफ्ना नागरिक फिर्ता ल्याउन कोलम्बिया सहमत

सोमवार, माघ १४, २०८१

झापा । अवैध रूपमा अमेरिका पुगेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन कोलम्बिया तयार भएको छ । यसअघि अमेरिकाबाट अवैध आप्रवासीलाई चढाएर पठाइएका दुई वटा सैन्य विमानलाई कोलम्बियाले अवतरण गर्न अनुमति दिएको थिएन ।

त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरूमा २५ प्रतिशत र पछि ५० प्रतिशत कर बढाउने तथा यात्रामा समेत प्रतिबन्ध लगाउने भनेपछि अवैध रूपमा अमेरिका पुगेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन कोलम्बिया तयार भएको हो ।

ट्रम्पको चेतावनीपछि आप्रवासीहरूलाई ल्याउन अमेरिकी देश होन्डुरसमा विमान पठाउन कोलम्बिया तयार भएको बीबीसीले जनाएको छ ।

ट्रम्पको चेतावनीपछि कोलम्बियाका राष्ट्रपति गुस्ताबो पेट्रोले सामाजिक सञ्जालमा अमेरिकाले प्रवासीहरूलाई सम्मानजनक व्यवहार नगरेको आरोप लगाएका थिए।

उनले अमेरिकी पस्तुमा २५ प्रतिशत कर बढाउने घोषणा पनि गरेका थिए। तर पछि कोलम्बिया आफ्नो निर्णयबाट पछि हटेको हो ।

सम्बन्धित खबर