झापा । प्यालेस्टाइनको विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ ।
उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको हो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई आजैदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएको बीबीसीले जनाएको छ ।
रिहा गरिने बन्धकमध्ये एक इजरायली नागरिक अर्बेल येहुद पनि रहेकी खबरमा उल्लेख छ । आम नागरिकको रिहाइ नहुँदा इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिएको छैन ।
हमासले अस्ति शनिवार पनि चार जना बन्धकहरूलाई रिहा गरेको थियो । गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले सात बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले पनि २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।