२०८१ माघ १४, सोमवार , १०:०६:५४ बजे

Sajhamanch
'

रातो बाँदर र बँदेललाई एक वर्षको लागि कृषि हानिकार वन्यजन्तु घोषणा

सोमवार, माघ १४, २०८१

काठमाडौं । सरकारले जङ्गली रातो बाँदर र बँदेललाई एक वर्षको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । यो घोषणापछि अब खेतबारीमा पस्ने रातो बाँदर र बँदेललाई धपाउन, लखेट्न र समात्न औपचारिक रुपमा कानूनी बाटो खुलेको छ ।

यसरी बाँदर र बँदेल धपाउँदा र लखेट्दा मरेमा किसानलाई कानूनी कारबाही हुनेछैन । तर नियतवश भने मार्न पाइँदैन । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ अनुसार निजी खेत, खला, बारीमा आउने जङ्गली रातो बाँदर र बँदेललाई राजपत्रमा सूचना प्रकाशित भएको मितिले १ वर्षसम्मको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।

मन्त्रालयले गएको बिहिवार जारी गरेको राजपत्रअनुसार निजी खेत, खला, बारीमा प्रवेश गरी क्षति पुर्‍याउने जङ्गली रातो बाँदर बँदेललाई सरकारले तोकेको शर्तअनुसार अनुज्ञापत्र बेगर धपाउन, लखेटन र समात्न सकिनेछ ।तर नियतवश भने जङ्गली रातो बाँदर र बँदेललाई भने मार्न नपाइने व्यवस्था सरकारले गरेको छ । खेतवारीमा जङ्गली रातो बाँदर र बँदेलले पुर्‍याइरहेको क्षतिलाई रोक्न सरकारले यस्तो व्यवस्था गरेको हो ।

शर्तहरू : 

सम्बन्धित खबर