२०८२ वैशाख २२, सोमवार , ०९:५३:५० बजे

Sajhamanch
'

बीएन्डसी मेडिकल कलेजद्वारा पहिलो व्याजका विद्यार्थीलाई स्वागत

मङ्गलवार, माघ ८, २०८१

मेचीनगर । बीएन्डसी मेडिकल कलेजले डाक्टर पढ्न आएका आफ्ना दर्जनौ विद्यार्थीलाई सोमबार विशेष कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।

मेचीनगर–१२ धाइजनस्थित बीएन्डसी मेडिकल कलेजको साइन्स भवनमा एक कार्यक्रमबीच कलेजले पहिलो ब्याच (सन् २०२५)का एमबीबीएस विद्यार्थीलाई स्वागत गरेको हो ।

विर्तामोडमा बीएन्डसी हस्पिटल रहेको भए तापनि एमबीबीएस पढ्ने विद्यार्थीलाई पढाउन मेचीनगर–१२ धाइजनमा छुट्टै साइन्स भवन बनाइएको छ । कार्यक्रममा कलेजका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति थियो ।

कलेजका संस्थापक एवम् कार्यकारी निर्देशक दुर्गा प्रसाई प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता कलेजका संस्थापक अध्यक्ष इन्दिरा गिरीले गरेकी थिइन् ।

कलेजका विभिन्न विभाग र संकायका प्रमुखहरुको उपस्थिति रहेको उक्त अवसरमा कलेजका अध्यक्ष डा. रामबाबु गिरी, निर्देशक डा. अञ्जलि कार्की प्रसाई, प्रिन्सिपल प्राडा उमेश शर्मा लगायतले डाक्टर बनेर सेवा गर्ने महान लक्ष्य बोकेर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेका थिए ।

कलेजका जनसम्पर्क प्रमुख प्रमिश गिरीले सञ्चालन गरेको सो कार्यक्रमको समापनमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले धन्यवाद मन्तब्य राखेका थिए ।

बीएन्डसी मेडिकल कलेजमा पहिलो ब्याचमा ५० जना विद्यार्थीले चिकित्सा शास्त्र संकाय अन्तर्गत स्नातक तह (एमबीबीएस) अध्ययन सुरु गरेका हुन् ।