२०८१ माघ ३, बिहिवार , ०९:४३:०८ बजे

Sajhamanch
'

युद्धविराम सहमतिपछि इजरायल र हमासको छुट्टाछुट्टै प्रतिक्रिया

बिहिवार, माघ ३, २०८१

झापा । इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि भएको सम्झौताप्रति दुवै पक्षले प्रतिक्रिया जनाएका छन् ।

हमासका मुख्य वार्ताकार खलील अल–हयाले युद्धका क्रममा गाजामा भएको पीडा र क्षतिका लागि आफूहरूले इजरायललाई माफ नगर्ने बताएको बीबीसीले जनाएको छ ।

गाजामा भएको जनधनको क्षति अतुलनीय र बिर्सन नसकिने भएको उनको भनाइ छ । उनले इजरायलले गाजामा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको पनि टिप्पणी गरेका छन् ।

यसैबीच इजरायलका राष्ट्रपति इसाक हर्जोगले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको वार्ता टोलीले यस सम्झौतालाई अन्तिम रूप दिन गरेको प्रयासलाई समर्थन गर्ने बताएका छन् ।

उनले यसलाई स्वीकार गर्न मन्त्रिपरिषद् र सरकारलाईसमेत आग्रह गरेको खबरमा उल्लेख छ । इजरायली मन्त्रिपरिषद्ले मतदानमार्फत सम्झौता अनुमोदन गर्नुपर्ने राष्ट्रपति हर्जोगको भनाइ छ ।

सम्बन्धित खबर