काठमाडौं । गायनमा आधारित चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को छैटौं सिजन आगामी माघ ४ देखि सुरु हुने भएको छ। यसअघि कार्यक्रमको प्रोमो सार्वजनिक भैसकेको छ।
छैटौं सिजनको निर्णायकमा राजु लामा, उदय सोताङ, लोक गायक खेम सेञ्चुरी र गायिका मेलिना राई छन्। कार्यक्रम हिमालय टिभीमा साताको दुई दिन शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। त्यस्तै राती ८ः३० बजे भ्वाइस अफ नेपालको युट्युब च्यानलमा सार्वजनिक गरिनेछ।
यो सिजनमा डिजिटल अडिसनमा सहभागी मध्येबाट १२० भन्दा बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी छन्। ब्लाइन्ड अडिसनबाट छानिएका ६४ प्रतिभा ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि ब्याटल, नकआउट र लाइभ राउण्ड हुँदै भोटआउटको आधारमा विजेता घोषणा गरिनेछ।
सुशील नेपालले सञ्चालन गर्ने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेल हुन्।