झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे दुईदिने कार्यक्रमका लागि आज आफ्नो निर्वाचन क्षेत्र ,झापा क्षेत्र नम्बर २ मा आउँदैछन् ।
झापा क्षेत्र नं २ का संघीय सांसदसमेत रहेका घिमिरेले आज जनता माध्यमिक विद्यालय अर्जुनधाराको ६९ औ वार्षिक उत्सव उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै गरुवा चौक– कैदले कालोपत्रे सडकको स्थलगत अवलोकन गर्नेछन् ।
त्यस्तै भोलि बिर्तामोड– चन्द्रगढी सडकको अवलोकन , खानेपानी उपभोक्ता सरसफाई समितिका विभिन्न आयोजनाहरुको अवलोकन , चन्द्रगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारण सभाको उद्घाटन , अर्जुनधारामा सुकुम्बासी , अव्यवस्थित बसोबासी तथा सिस्नेको सामुदायिक वन– सेनाको तालिम केन्द्रका विषयमा सरोकारवालाहरुसंग छलफल, एनटीएनसी पदाधिकारीसहित हात्ती नियन्त्रण सम्बन्धमा स्थानीय सरोकारवालाहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।