२०८१ पौष २४, बुधवार , १२:१८:४९ बजे

Sajhamanch
'

विद्रोही समूह हमास ३४ बन्धकलाई रिहा गर्न तयार

सोमवार, पौष २२, २०८१

झापा । प्यालेस्टाइनी विद्रोही सङ्गठन हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमति जनाएको छ । हमासका एक वरिष्ठ अधिकारीले रिहाइका लागि ३४ बन्धकको सूची साझा गरेको बीबीसीले जनाएको छ ।

इजरायलसँगको सम्भावित युद्धविराम सम्झौतामा पहिलो चरणमा हमासले ३४ जना बन्धकलाई रिहा गर्ने विषयमा छलफल हुँदैछ । यीमध्ये कति जना बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

सूचीमा रहेका नामहरूमा १० जना महिला र ५० देखि ८५ वर्षका ११ जना बन्धक छन् । जसमा केही युवा पनि समावेश छन् । जसलाई हमासले इजरायली हवाई आक्रमणका क्रममा हत्या गरिएको यसअघि दाबी गरिएको थियो । हमासले सूचीमा रहेका धेरै बन्धक बिरामी रहेको बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगराएको बताएको छ । इजरायलले युद्धविराम र बन्धक रिहाइ सम्झौतामा कतारमा पुनः वार्ता शुरू भएको बताएको छ ।

सम्बन्धित खबर