२०८१ पौष २२, सोमवार , ११:२१:३४ बजे

Sajhamanch
'

केन्द्रीय कमिटीमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा के छ (पूर्णपाठ)

आइतवार, पौष २१, २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन् ।

प्रतिवेदनमा पछिल्लो समसामयिक राजनीति, सरकार गठन भएपछिको ६ महिने समीक्षा, सरकार सञ्चालन, अर्थतन्त्र लगायतका विषयमा उल्लेख गरिएको छ ।

ओलीले नेपाली कांग्रेससँग थालिएको नयाँ राजनीतिक कोर्सको समीक्षा गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनेको भोलिपल्टदेखि नै पुरानै चरित्र देखाउन थालेपछि सरकारबाट बाहिरिएको ओलीले प्रतिवेदनमा लेखेका छन् ।

सम्बन्धित खबर