२०८१ पौष २२, सोमवार , ०४:२७:१६ बजे

Sajhamanch
'

अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी

आइतवार, पौष २१, २०८१

झापा । अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी भएको छ । अमेरिकाको राष्ट्रिय मौसम सेवाले अमेरिकाको मध्यभागबाट शुरु भएको हिउँ आँधी केही दिनमा पूर्वतर्फ सर्ने जनाएको छ ।

यो हिउँ आँधीले यो दशकको सबैभन्दा बढी हिमपात र सबैभन्दा बढी चिसो हुने र दशौं लाख मानिस प्रभावित हुने राष्ट्रिय मौसम सेवाको अनुमान छ । केन्टकी र भर्जिनिया राज्यमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ ।

मिसिसिपी र फ्लोरिडा लगायत अमेरिकाका केही भागहरूलाई कडा चिसोको चेतावनी जारी भएको छ । आर्कटिक वरिपरि घुम्ने चिसो हावाको कारण कठिन अवस्था आउन थालेको हो ।

राष्ट्रिय मौसम सेवाले सन् २०११ पछि यो वर्ष सबैभन्दा चिसो जनवरी महिना हुने बताएको छ । यसैबीच हिमआँधीको चेतावनीसँगै प्रशासनले तयारी शुरु गरेको छ ।