२०८१ पौष २२, सोमवार , ०१:०७:५३ बजे

Sajhamanch
'

यूएई श्रम भिसा खोज्ने कुशल पेशेवरहरू र प्रतिभाहरूको लागि पहिलो रोजाइमा

आइतवार, पौष २१, २०८१

झापा । संयुक्त अरब इमिरेट्स (यूएई) विश्वभरिका कुशल पेशेवरहरू र प्रतिभाहरूको लागि सबैभन्दा आकर्षक बजार बनेको छ ।

ग्लोबल एचआर म्यानेजमेन्ट कम्पनी (डील) ले आफ्नो सन् २०२४ को प्रतिबेदनमा विश्वव्यापी रूपमा श्रम भिसा अर्थात् वर्क भिसा खोज्ने कामदारका लागि यूएई पहिलो रोजाइमा परेको उल्लेख गरेको हो ।

यस्तै डिजिटल व्यापारीका लागि सबैभन्दा बढी रुचाइएको गन्तव्यको सूचीमा यूएई क्षेत्रीय रूपमा पहिलो र विश्वमा पाँचौं स्थानमा परेको समाचार संस्था एएनआइले जनाएको छ ।

आप्रवासीहरूको लागि बाँच्न र काम गर्नका लागि उत्तम देशहरूको अन्तरदेशीय वर्गीकरणमा विश्वव्यापी रूपमा यूएई चौथो स्थानमा परेको छ । यूएईको लगानीमैत्री वातावरण आर्थिक वृद्धिका लागि आकर्षण हो ।

उन्नत पूर्वाधार, विविध अवसरहरू, डिजिटल रूपान्तरण र स्थिरतामा जोड दिने अग्रगामी रणनीतिहरूका कारण यूएई संसारका मानिसको रोजाइमा पर्दै गएको छ ।

यूएईले कामदारहरूको अधिकारको सुरक्षा गर्न तथा सुरक्षित र स्थिर कार्य वातावरण सुनिश्चित गर्न विश्वव्यापी मानकहरूको अभ्यास गरेको छ । सन् २०२५ को शुरुवातसँगै यूएईका उद्योगहरूमा एआई प्रविधिको प्रयोगको माग बढेको छ ।

सम्बन्धित खबर