२०८१ पौष १९, शुक्रवार , ०३:३३:५४ बजे

Sajhamanch
'

युरोपेली सङ्घअन्तर्गतका देशमा युक्रेन हुँदै जाने रुसी ग्यास आपूर्ति बन्द हुने

बुधवार, पौष १७, २०८१

झापा । युरोपेली सङ्घअन्तर्गतका देशमा युक्रेन हुँदै जाने रुसी ग्यास आपूर्ति आजदेखि बन्द हुने भएको छ ।

युक्रेनको ग्यास ट्रान्जिट अपरेटर नाफ्टोगाज र रसियाको ग्याजप्रोमबीचको पाँच वर्षे सम्झौताको म्याद सकिँदा युक्रेन हुँदै युरोपेली सङ्घका राष्ट्रहरूलाई रुसी ग्यास आपूर्ति प्रकृया आज समाप्त हुन लागेको हो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अब रुसलाई थप अरबौं कमाउन अनुमति नदिने भन्दै ईयूलाई तयारी गर्न एक वर्ष समय दिएको बताएका छन् ।

युरोपेली आयोगले महाद्वीपको ग्यास प्रणाली लचिलो रहेको भन्दै युक्रेनको प्रतिबन्धसँग सामना गर्ने पर्याप्त क्षमता रहेको प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ । रुसले अझै पनि हङ्गेरी, टर्की र सर्बियालाई पाइपलाइनमार्फत ग्यास पठाउन सक्नेछ ।

यसअघि सन् २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण शुरु भएदेखि ईयूले रूसबाट ग्यासको आयातमा उल्लेख्य रूपमा कमी गरेको थियो । तर धेरै पूर्वी सदस्य राष्ट्रहरू अझै पनि युक्रेन हुँदै आउने रुसी ग्यास आपूर्तिमा निर्भर छन् ।

सम्बन्धित खबर