अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । एक सय वर्षको उमेरमा उनको निधन भएको हो ।
२९ डिसेम्बरमा अमेरिकाको जर्जियामा उनको निधन भएको बीबीसीले जनाएको छ ।कार्टर १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । उनी अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए ।मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक काम गरेको भन्दै उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति हुन् ।कार्टर सविधानसभा निर्वाचन पर्यवेक्षण गर्न नेपाल आएका थिए ।