झापा । टर्किएको पहिलो घरेलु सञ्चार उपग्रह सफलतापूर्वक आफ्नो कक्षमा पुगेको छ । यो देशको अन्तरिक्ष कार्यक्रममा महत्वपूर्ण कोसेढुङ्गा भएको यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले बताएको समाचारसंस्था एएफपीले जनाएको छ ।
‘टर्कस्याट सिक्स ए’ ४२ डिग्री पूर्वी कक्षामा पुगेको मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरेका छन् । उपग्रह ३५ हजार ७८६ किलोमिटरमा आफ्नो अन्तिम ‘जियोसिंक्रोनस अर्बिट’ मा पुग्यो ।
कक्षामा थप परीक्षण गरिसकेपछि टर्कएस्याट सिक्स ए सन् २०२५ को पहिलो त्रैमासिक सम्म सञ्चालन हुने अपेक्षा छ । ‘टर्कस्याट ६ए’ जुलाई ९ मा फ्लोरिडामा स्पेस एक्स केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको छ । योसँगै टर्किएमा सञ्चारसम्बन्धी काममा घरेलु उपग्रहकै योगदान रहनेछ ।