२०८१ पौष १७, बुधवार , १२:३१:४६ बजे

Sajhamanch
'

प्रतिनिधिसभाको सचिवमा झापाका राई सिफारिस

आइतवार, पौष १४, २०८१

काठमाडौं । प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्तिको लागि सिफारिस गरिएको छ ।

सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् ।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

झापाको शिवसताक्षी– २ निवासी राई सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।