२०८१ पौष ९, मङ्गलवार , ११:४८:३७ बजे

Sajhamanch
'

रुसमा दुई वटा ट्याङ्करको तेल चुहिँदा दुई लाख टन माटो प्रदूषित

मङ्गलवार, पौष ९, २०८१

झापा । रुसको दक्षिणी तटमा दुई वटा क्षतिग्रस्त ट्याङ्करबाट चुहिएको तेलले दुई लाख टन माटो प्रदूषित भएको रुसका प्राकृतिक स्रोतमन्त्रीले जानकारी गराएका छन् ।

डिसेम्बर १५ तारिखमा दुई वटा रुसी तेल ट्याङ्कर आँधीबेहरीका कारण पल्टिएका थिए । तीमध्ये एउटा डुबेको थियो र अर्को किनारामा पुगेको थियो ।

रुसी अधिकारीहरूका अनुसार दुई वटा जहाजमा नौ हजार दुई सय टन इन्धन तेल थियो । त्यसमध्ये झन्डै ४० प्रतिशत समुद्रमा र बाँकी तटीय क्षेत्रमा चुहिएको थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले यो घटनालाई पर्यावरणीय विपत्ति भनेको समाचार संस्था एएफपीले जनाएको छ । कैयौं किलोमिटरको समुद्री तटमा इन्धन तेल फेला परेको छ । तेलले समुद्री रिसोर्टमा ठूलो क्षति पुगेको छ ।

हिजो बेलुकासम्म सबैजसो तटीय क्षेत्र सफा गरिसकेको रुसी अधिकारीहरूले बताएका छन् ।

सम्बन्धित खबर