२०८१ पौष ८, सोमवार , ०८:११:३१ बजे

Sajhamanch
'

दोस्रो पटक रवि लामिछाने सांसद पदबाट निलम्बित

सोमवार, पौष ८, २०८१

काठमाडौं । एउटै कार्यकालमा दोस्रोपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गरिएको छ ।

पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई उपप्रधान तथा गृहमन्त्री रहेका लामिछाने नेपाली नागरिकता सम्बन्धी मुद्धा परेपछि सांसद पद निलम्बन हुँदै बर्खास्तमा परेका थिए । उपनिर्वाचनमा विजयी भएर फेरि उपप्रधान तथा गृहमन्त्री बनेका लामिछाने सहकारीको रकम अपचलन सम्बन्धी मुद्धा दायर गरिए पछि आज दोस्रो पटक निलम्बनमा परेका हुन् ।

प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था अवगत गराएका छन् ।

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा रास्वपा संसदीय दलका नेता समेत हुन् । प्रहरीले उनीविरुद्ध हिजो सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरेको छ ।

संसद सचिवालयको सूचनामा रविलाई निलम्बन गर्न सम्पत्ति सुद्धीकरण ऐनलाई आधार लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सभामुखलाई पत्र आएको र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मुद्दाको किनारा नभएसम्म निलम्बनमा रहने सूचनामा ईंगित गरिएको छ ।

सम्बन्धित खबर