२०८१ पौष २, मङ्गलवार , ०२:३०:३७ बजे

Sajhamanch
'

बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु

मङ्गलवार, पौष २, २०८१

काठमाडौं । विद्युतीय स्कुटरमा लुकाएर राखिएको बम विस्फोट हुँदा मङ्गलवार मस्कोमा आणविक सुरक्षा बलका वरिष्ठ रुसी जनरलको मृत्यु भएको छ । रुसको अनुसन्धान समितिले यस्तो बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।

लेफ्टिनेन्ट जनरल आइगोर किरिल्लोभ रुसको आणविक, जैविक र रासायनिक संरक्षण सेनाका प्रमुख थिए । यस घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

क्रेमलिनको दक्षिणपूर्वबाट झन्डै ७ किमि परको एउटा अपार्टमेन्ट भवनबाहिर उनी मारिएका हुन् । घटनामा आइगोर र उनको सहयोगी मारिएको समितिले भनेको छ ।

रुसी टेलिग्राम च्यानलहरूमा पोस्ट भएको तस्बिरहरूले बम पड्किँदा भवनको प्रवेश द्वार ध्वस्त भएको र रगत लतपत भएको हिउँमा २ जनाको शव देखाएका छन् । यस मामिलामा फौजदारी मुद्दा चलाएर अनुसन्धान थालिएको छ ।

सम्बन्धित खबर