२०८१ पौष २, मङ्गलवार , ०२:१९:१० बजे

Sajhamanch
'

सिरियाको सामूहिक चिहानमा भेटियो कम्तिमा १ लाख शव

मङ्गलवार, पौष २, २०८१

झापा । अमेरिकामा बसेर सिरियाबारे वकालत गर्ने समूहको प्रमुखले सिरियाको राजधानी नजिक रहेको सामूहिक चिहानमा अपदस्त राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारले मारेका १ लाख मानिसहरूको शव रहेको बताएका छन्।

समाचार संस्था रोयटर्ससँगको टेलिफोन अन्तर्वार्तामा सिरियाली टास्क फोर्सका प्रमुख मौआज मुस्ताफाले राजधानी दमास्कसबाट ४० किलोमिटर टाढा अल कुतेइफामा भेटिएको सामूहिक चिहानमा एक लाख मानिसहरूको शव रहेको बताएका हुन्।

ती शवहरू असद सरकारविरूद्ध बोल्दा यातना दिएर मानिसहरूको रहेको बताएका छन्। उक्त चिहान यही वर्ष भेटिएको पाँच चिहानमध्ये एक रहेको पनि मुस्ताफाले रोयटर्ससँग बताएका छन्।

उनले अन्यत्र पनि त्यस्ता सामूहिक चिहान हुनसक्ने र ती चिहानहरूमा सिरियाली नागरिकमात्रै नभई अमेरिकी र बेलायती नागरिकहरू समेतलाई मारेर गाडिएको हुनसक्ने बताएका छन्।

सिरियामा गृहयुद्ध चर्किएयता असद नेतृत्वको सरकारले लाखौं मानिसहरूलाई यातना दिएर मारेको आरोप छ।

यातना दिएर मृत्यु भएका मानिसहरूलाई सैनिक अस्पतालमा लगिने र त्यहाँबाटै सामूहिक चिहानमा लगेर गाड्ने गरेको मुस्ताफाले बताएका छन्। शव व्यवस्थापनका लागि दमास्कसका नगरपालिकाहरूले समेत सहयोग गरेको बताएका छन्।

मुस्ताफाले सामूहिक चिहानमा कार्यरत मानिसहरूसँग, बुलडोजरका चालकहरूसँग कुरा गर्दा उनीहरूले शव व्यवस्थापनका लागि आफूहरूलाई बाध्य पार्ने गरेको बताएका छन्।

उनले त्यस्ता चिहानहरू असुरक्षित रहेको पनि बताएका छन् । ती चिहान र त्यसमा गाडिएका मानिहरूबारे अनुसन्धानका लागि त्यसलाई सुरक्षित राख्नुपर्ने उनले बताएका छन्।

सम्बन्धित खबर