२०८१ पौष १, सोमवार , १०:३९:५१ बजे

Sajhamanch
'

अमेरिकी विदेशमन्त्रीले भने-सिरियाको सत्ता कब्जा गरेको विद्रोहीसँग सम्पर्कमा छौं

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले सिरियामा बशर अल असदको शासन ढाल्ने विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस)सँग सीधा सम्पर्कमा रहेको जनाएका छन् ।

जोर्डनमा रहेका बेला ब्लिंकनले यो अभिव्यक्ति दिएका हुन् । उनले भनेका छन्, ‘हामी एचटीएस र अन्य व्यक्तिहरुसँग सम्पर्कमा छौं ।’ एचटिएससँग कस्तो खालको सम्पर्क हो भन्नेबारे भने उनले खुलाएका छैनन् ।

अमेरिकाले एचटिएसलाई आतंकवादी संगठनको सूचीमा राखेको छ । यद्यपि सिरियाका राष्ट्रपति असदविरुद्धको संघर्षमा विद्रोही गुटलाई अमेरिकाले नै सघाएको आरोप लाग्ने गरेको छ ।

सिरियामा सशस्त्र गतिविधि गर्दै आएको एचटिएसले गत हप्ता राष्ट्रपति बशर अल असदलाई देश छाड्न बाध्य पारेको थियो । असद हाल रुसमा शरण लिएर बसिरहेका छन् ।

सिरियामा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरी सत्तामा आएका विद्रोहीहरूले प्रधानमन्त्री मोहम्मद अल बसिरलाई १ मार्चसम्म देश चलाउनका लागि संक्रमणकालीन सरकार प्रमुख नियुक्त गरेका छन् ।

सम्बन्धित खबर