
झापा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित भएका छन् ।
टाइम म्यागेजिनका प्रधान सम्पादक साम ज्याकोब्सले ऐतिहासिक राजनीतिक पुनरागमन, विश्वमा अमेरिका र अमेरिकी राष्ट्रपतिको भूमिका परिवर्तनका लागि डोनाल्ड ट्रम्पलाई टाइमको सन् २०२४ को वर्ष व्यक्ति घोषित गरिएको बताएको समाचारसंस्था एएफपीले जनाएको छ ।
यसले ट्रम्पको आश्चर्यजनक राजनीतिक पुनरागमनलाई स्वीकार गरेको छ र उनले नोभेम्बर पाँचको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका थिए।
यसवर्ष ट्रम्पलाई व्यापारिक घोटालाको अभियोगमा दोषी ठहर गर्नुको साथै दुई पटक हत्याको प्रयास भयो । तर अन्त्यमा उनका दुवै सदनमा रिपब्लिकन बहुमतका साथ ह्वाइट हाउस फर्कने तयारीमा छन् ।
ट्रम्प दोस्रो पटक टाइम वर्ष व्यक्ति बन्नुभएको हो । यसअघि उनी सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएपछि टाइम वर्ष व्यक्ति चयन भएका थिए।
टाइम म्यागेजिनले हरेक वर्ष विश्वव्यापी घटनाहरूलाई नाटकीय रूपमा आकार दिने व्यक्तिहरूलाई वर्ष व्यक्ति घोषणा गर्ने गर्दै आएको छ ।
वर्ष व्यक्तिको सूचीमा विश्व नेताहरूदेखि सांस्कृतिक क्रान्तिकारीहरू समावेश हुने गरेका छन् । टाइमले सन् १९२७ देखि ‘वर्ष व्यक्ति’ घोषणा गर्न थालेको हो ।