२०८१ माघ १३, आइतवार , ११:५१:०१ बजे

Sajhamanch
'

कर्णाली साकोसको तीन दिवसीय समीक्षा बैठक सम्पन्न

बुधवार, मंसिर २६, २०८१

झापा । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८१/८२ को कार्तिक मसान्तको लक्ष्य तथा कार्यान्वयनको अवस्थाबारे तीन दिवसीय समीक्षा बैठक सम्पन्न गरेको छ।

संस्थाले मङ्सिर २० गते दमकमा, मङ्सिर २३ गते भद्रपुरमा र मङ्सिर २५ गते बिर्तामोडमा समीक्षा बैठक सम्पन्न गरेको लेखा विभाग प्रमुख लक्ष्मीनारायण भट्टराईले जानकारी दिए।

उक्त समीक्षा बैठकमा संस्थाले २०८१ कार्तिक मसान्तसम्मको लक्ष्य तथा योजना अनुसार कार्यान्वयन भए वा नभएको सम्बन्धमा सम्बन्धित क्षेत्रीय समूहले छलफल गरी आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

समीक्षा बैठकमा संस्थाले लिएको लक्ष्य अनुसार बचत र सेयर वृद्धि, विशेष उपचार कोष सदस्यता वृद्धि, कर्जा लगानीको लक्ष्य पूरा नसकेको भए पूरा गर्नका लागि चालिएका कदमहरू के के हुन् भनी जिज्ञासा राखिएको थियो ।

यस्तै क्षेत्रीय समितिहरूलाई भाखा नागेको कर्जाको सावाँ, ब्याज भुक्तानी र असुलीमा चालेका कदमहरू, भाखा नाग्नुको मुख्य कारण, सदस्य वा कर्मचारीहरूको लापरवाही या कमजोरीका कारण कर्जाको सावाँ ब्याज सही समयमा संकलन हुन नसकेको भए समाधानका उपायहरु के के हुन्छन् भनी क्षेत्रीय बैठकमा छलफल गरिएको थियो ।

यसैगरी धितो सुरक्षण र जमानतका विषयमा संस्थाभित्र समस्याहरु उत्पन्न हुने गरेकाले यस्तो समस्या उत्पन्न हुनुको कारणहरु पनि पहिल्याउन समीक्षा बैठकमा प्रस्ताव गरिएको थियो ।

संस्थाले स्थापना गरेका सेवा केन्द्रहरू एक वर्षभन्दा बढी काम गर्दा पनि नाफामा जान नसक्नुका कारणहरू पहिल्याउन समीक्षा बैठकमा बृहत छलफल गरिएको जनाइएको छ।

संस्थाले सबै क्षेत्र तथा समूहहरूबाट माथि उल्लेखित बुँदाहरूमा प्रस्तुति गर्नुपर्ने गरी ‘टास्क’ दिएर मिटिङ आयोजना गरिएको संस्थाका लेखा विभाग प्रमुख भट्टराईले जानकारी दिए।

सम्बन्धित खबर