२०८१ मंसिर २७, बिहिवार , ०५:१५:२७ बजे

Sajhamanch
'

राष्ट्रपति युनमाथि दक्षिण कोरियाले लगायो भ्रमण प्रतिबन्ध

सोमवार, मंसिर २४, २०८१

काठमाडौं । असफल सैनिक कानुन जारी गरेर चर्चामा आएका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले भ्रमण प्रतिबन्ध भोग्नुपर्ने भएको छ ।

राष्ट्रपति युनमाथि अनुसन्धान सुरु भएको सन्दर्भमा उनले कोरिया छाडेर अन्यत्र जान नपाउने भएको रोयटर्स र योन्हाप एजेन्सीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।

युनमाथि महाभियोग लगाउने प्रसंग कोरियामा चलिरहेको छ । यद्यपि हाललाई उनी महाभियोगबाट बच्ने देखिए पनि सुरक्षा कानुन लगायतका विषयमा अनुसन्धान चल्ने पक्कापक्की छ ।

राष्ट्रपति युनले दक्षिण कोरियामा राष्ट्रिय संकट सुरु भएको दाबी गर्दै राष्ट्रपति युनले अघिल्लो साता सैनिक परिचालन गरेका थिए । तर, संसद र ठूला पार्टीहरु नै विपक्षमा उभिएपछि उनको सैन्य शासन योजना असफल भएको थियो ।

दक्षिण कोरियामा राजनीतिक उतारचढाव सुरु भएसँगै रक्षामन्त्री र कतिपय उच्च अधिकारीहरुको राजीनामा आइसकेको छ । भ्रमण प्रतिबन्ध घोषणासँगै राष्ट्रपति युनले थप राजनीतिक संकट भोग्नुपर्ने देखिएको छ ।

सम्बन्धित खबर