झापा । सिरियाको विद्रोही समूह राजधानी दमास्कसमा प्रवेश गरेको छ । तेस्रो ठूलो शहर होम्स कब्जामा लिए लगत्तै विद्रोही लडाकु राजधानी दमास्कसमा प्रवेश गरिरहेका विद्रोहीले आफ्नो टेलिग्राम च्यानलमार्फत बताएको बीबीसीले जनाएको छ ।
दमास्कसमा गोली चलेको आवाज आइरहेको स्थानीयवासीले बताएका छन् । इस्लामिक विद्रोही समूह एचटीएसले आक्रमण शुरू गरेको दुई हप्ता पनि नपुग्दै अलेप्पो, हामा, होम्स लगायतका ठूला शहर कब्जा गर्दै राजधानीमा प्रवेश गरेको हो ।
विद्रोही समूह प्रवेश गर्नु अघि नै सिरियाली राष्ट्रपति बसर अल–असद भागिसकेका केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपतिको कार्यालयले उनी दमास्कसमै रहेको उल्लेख गरेको छ । तर उनी देखिएका छैनन् ।
राष्ट्रपतिको कार्यालयले राजधानीलाई जोगाउन सरकारी सेना सफल हुने दाबी गरेको छ । यसैबीच लेबनानको विद्रोही समूह हिजबुल्लाहले सिरियाली सेनाको सहयोगका लागि केही फौज पठाएको समाचार संस्था एएफपीले जनाएको छ ।
सिरियालाई रुस, लेवनान लगायत देशले सहयोग गर्दै आएकोमा ती देश युद्धमा रहेको मौकामा विद्रोहीले सिरियाको सत्ता कब्जा गर्ने प्रयास गरिरहेको हो ।