२०८१ मंसिर २६, बुधवार , ११:५४:५५ बजे

Sajhamanch
'

पत्रकार महासङ्घ केन्द्रीय नेतृत्वमा ४७ पदको लागि १३३ जनाको उम्मेदवारी

शनिवार, मंसिर २२, २०८१

काठमाडौं । यही मंसीर २८ गते हुन लागेको नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्रीय कार्यसमितिको ४७ पदका लागि १३३ जनाको उम्मेदवारी परेको छ ।

महासंघ निर्वाचन समितिले गएराति प्रकाशन गरेको उम्मेदवारहरुको प्रथम सूचिमा उल्लेख भएअनुसार अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । सूचिअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ ।

शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएका हुन् भने गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन् । त्यसैगरी, बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी महासंघको हाल वरिष्ठ उपााध्यक्ष छन् ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चार जनाको उम्मेदवारी परेको छ । चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार छन् । पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् ।

उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् भने पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार हुन् । त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ ।

जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार हुन् भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् । ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १३३ जनाको उम्मेदवारी परेको छ ।

महासङ्घको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमा भित्र ४७ पदका लागि १३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

हेर्नुहोस् उम्मेदवारहरुको प्रथम सूचि :

सम्बन्धित खबर