२०८२ कार्तिक ३०, शनिवार , १२:३२:२८ बजे

Sajhamanch
'

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाअभियोगलाई सत्तापक्षले पनि सघाउने संकेत

शुक्रवार, मंसिर २१, २०८१

झापा । दक्षिण कोरियाको सत्तारूढ पार्टीले राष्ट्रपति युन सुक-योलविरुद्ध महाभियोग अगाडि बढाउने संकेत गरेको छ।

समाचार एजेन्सी एपीका अनुसार शुक्रबार पीपुल्स पावर पार्टीका अध्यक्ष हान डोङ-हुनले राष्ट्रपतिको संवैधानिक शक्तिलाई कम गर्नु आवश्यक भएको प्रतिक्रिया दिएका छन् ।

‘राष्ट्रपतिले मार्शल ल लगाउँदा केही नेताहरूलाई पक्राउ गर्न सेनाको प्रयोग गर्न खोजेका थिए भन्ने मैले थाहा पाएको छु, जसमा मेरो नाम पनि समावेश थियो’ डोङ-हुनले भनेका छन्, ‘उनी लोकतन्त्रका लागि खतरा बनेका छन् र पदबाट राजीनामा दिनुपर्छ।’

राष्ट्रपतिको शक्ति सीमित नगरेको खण्डमा उनले पुनस् खतरनाक कदम उठाउने सम्भावना रहेको भन्दै देश र नागरिकहरूका लागि जोखिम हुन सक्ने डोङ-हुनको भनाइ छ ।

विपक्षी दलहरूले पहिले नै ‘उत्तेजित’ राष्ट्रपतिले मार्शल ल घोषणा गर्ने दोस्रो प्रयासको सम्भावनाप्रति चिन्ता व्यक्त गरिसकेका छन्।

यद्यपि, युनका विशेष बल कमाण्डर क्वाक जोङ९केनले यस्ता चिन्ताहरूलाई खारेज गर्दै सैनिक परिचालन गर्न राष्ट्रपतिबाट थप आदेश नमान्ने दृढता व्यक्त गरेका छन्।

सत्तारूढ दलका प्रमुखले नै राष्ट्रपति युनलाई तत्काल निलम्बन गर्न आह्वान गरेपछि दक्षिण कोरियामा राजनीतिक अनिश्चितता बढेको छ। यसले राष्ट्रपतिविरुद्धको महाअभियोग प्रक्रिया अगाडि बढ्ने सम्भावना बढेको छ ।

राष्ट्रपति युनले डिसेम्बर ३ मा सैनिक शासन घोषणा गर्दै विपक्षी पार्टीलाई उत्तर कोरियासँग साँठगाँठ गरेको आरोप लगाएका थिए । यो निर्णय संसदमा मतदानपछि ६ घण्टामै खारेज भएको थियो ।

लगत्तै विपक्षी दलहरूले राष्ट्रपतिको राजीनामा माग्दै महाभियोग प्रक्रिया सुरु गरेका छन्। यस प्रक्रियामा सहभागी ६ पार्टीले संसदमा शनिबार मतदान अघि बढाउने सम्भावना रहेको छ।

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२