२०८२ भदौ १०, मङ्गलवार , ११:२८:०३ बजे

Sajhamanch
'

दक्षिण कोरियाका रक्षामन्त्री किमको राजीनामा स्वीकृत

बिहिवार, मंसिर २०, २०८१

झापा । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आफ्ना रक्षामन्त्री किम योङ–ह्युनको राजीनामा स्वीकार गरेका छन् । रक्षामन्त्री किमले नै राष्ट्रपतिलाई सैनिक शासन लागू गर्न सुझाव दिएका थिए।

किम योङ ह्युनले आज राजीनामा दिँदै सम्पूर्ण घटनाको जिम्मेवारी आफूले लिने बताएको बीबीसीले जनाएको छ । किम योङ–ह्युन एक सेवानिवृत्त सेना जनरल थिए ।

राष्ट्रपति युन र उनले एउटै विद्यालयमा पढेका खबरमा उल्लेख छ । यसअघि रक्षा मन्त्री किमले उत्तर कोरियाविरुद्ध कडा अडान लिएर संयुक्त राज्य अमेरिकासँग दक्षिण कोरियाको दीर्घकालीन गठबन्धनलाई बलियो बनाउने प्रयास गरेका थिए।

विपक्षी डेमोक्रेटिक पार्टीले किम योङ ह्युनलाई देशद्रोहको आरोपमा महाभियोग लगाउनसमेत माग गरेको छ । दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् ।

राष्ट्रपति युनले विश्वलाई चकित पार्ने गरी गएराति मार्सल कानून लागू गरेका थिए। तर त्यसको केही घण्टामा नै उनले सैन्य शासन लागू हुने मार्सल कानून फिर्ता गर्नुपरेको थियो ।

सम्बन्धित खबर