२०८१ मंसिर २७, बिहिवार , ०९:३२:३९ बजे

Sajhamanch
'

अमेरिकाको विद्यार्थी भिसा आवेदन अप्रिलदेखि खुल्ने, आफ्नो स्थान सुरक्षित गर्न दूतावासको आग्रह

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । अमेरिकामा पढ्न जान चाहने नेपाली विद्यार्थीले आउँदो अप्रिलदेखि नयाँ भिसा आवेदन दिन सक्ने भएका छन् ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासले सूचना निकालेर सन् २०२५ को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा आवेदनको मिति घोषणा गर्न लागेको जानकारी दिएको हो ।

दूतावासका अनुसार अप्रिल महिनाका आवेदन २२ जनवरी बिहान ८ बजे खुल्नेछ भने ‘मे’ का आवेदन १३ मार्च बिहान ८ बजे खुल्नेछ ।

यस्तै ‘जुन’ का आवेदन १७ अप्रिल बिहान ८ बजे र ‘जुलाई’ का आवेदन १५ मे बिहान ८ बजे खुल्ने दूतावासले जनाएको छ । दूतावासले आफ्नो स्थान सुरक्षित गर्न नेपाली विद्यार्थीहरूलाई अपिलसमेत गरेको छ ।

विद्यार्थीले भिसा प्रक्रिया सम्बन्धी थप जानकारी दूतावासको यो लिङ्कमा गएर हेर्न सक्ने दूतावासले जनाएको छ ।

सम्बन्धित खबर