झापा । फ्रान्सले आउँदो सन् २०२५को फेब्रुअरी १० र ११ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ ।
यो सम्मेलन एआईको वातावरणीय प्रभाव, पहुँच र विश्वव्यापी शासनमा केन्द्रित हुने समचार संस्था एएफपीले जनाएको छ ।
पेरिसका रहेको राष्ट्रपति कार्यालय एलिसी प्यालेसको विज्ञप्ति अनुसार, शिखर सम्मेलनले थप दिगो एआई विकास गर्ने तरिकाहरू खोज्नेछ जसले सार्वजनिक हितको लागि काम गर्ने साथै थप समावेशी विश्वव्यापी शासनलाई बढावा दिने उल्लेख छ ।
सम्मेलनको उद्देश्य विश्वव्यापी एआई प्लेटफर्ममा फ्रान्स र युरोपको भूमिकालाई सुदृढ पार्नु र प्रविधिका प्रमुख चुनौतीहरूको बुझाइ बढाउनु रहेको छ ।
अनुसन्धानकर्ता, अर्थशास्त्री र वैज्ञानिक फोरमहरूको नेतृत्वमा हुने सम्मेलनले एआईको विकास र व्यवस्थापनको लागि संयन्त्रमा सुधार गर्ने विज्ञप्तिमा उल्लेख छ ।