२०८१ मंसिर १२, बुधवार , ०६:३८:४९ बजे

Sajhamanch
'

बीआरआईलाई गिजोल्ने काम गर्नु हुँदैन : प्रदीप ज्ञवाली

बुधवार, मंसिर १२, २०८१

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सो परियोजनाको मोडालिटीबारे सत्तारुढ दल कांग्रेस–एमालेभित्र नै फरक धारणा आइरहेका बेला उनले त्यसलाई गिजोल्ने गरी विवादमा तान्न नहुने बताएका हुन् ।

आज बुधबर काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले सो परियोजना चीनसँगको द्विपक्षीय सम्बन्धको मामिला भएकाले त्यसमा अन्य राष्ट्रले चासो लिनु उचित नभएको बताए ।

उनले नेपालले कुनै पनि देशको अहित नचाहने भएकाले अन्य देशले पनि नेपालको आन्तरिक मामिलामा चासो लिन नहुने स्पष्ट पारे।