२०८१ मंसिर १५, शनिवार , ०६:०९:४२ बजे

Sajhamanch
'

टर्किद्वारा करिब १३०० अनियमित आप्रवासी पक्राउ

बुधवार, मंसिर १२, २०८१

झापा । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले राष्ट्रव्यापी अपरेसनमा टर्कीका अधिकारीहरूले १ हजार २९८ आप्रवासी र ४३ तस्करलाई पक्राउ गरेको बताएका छन् । जसमध्ये सात विदेशी नागरिक रहेका छन् ।

उनले हिरासतमा रहेका आप्रवासीहरूको लागि निर्वासनको प्रक्रिया चलिरहेको समेत बताए । उनका अनुसार २८ हजार ८३५ सुरक्षाकर्मीहरूले ४ हजार ६०६ भवन, ८ हजार ४८ मनोरञ्जनस्थलहरू, ट्रक डिपोहरू, बस स्टेशनहरू, बन्दरगाहहरू र यातायात केन्द्रहरूसहित ५ हजार ७३५ स्थानहरूको निरीक्षण गरेका छन् ।

यर्लिकायाले देशमा शान्ति र सुरक्षा सुनिश्चित गर्दै अनियमित आप्रवासन र मानव तस्करी विरुद्ध लड्न सरकारको प्रतिवद्धतामा जोड दिए । २०२० देखि, टर्किएले ११ लाखभन्दा बढी अनियमित आप्रवासीहरूलाई रोकेको छ ।