२०८१ मंसिर १२, बुधवार , १२:१०:०८ बजे

Sajhamanch
'

प्रधानमन्त्रीले आज मन्त्री र सचिवहरूसँग मन्त्रालयगत कामको समीक्षा गर्ने

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरूको त्रैमासिक समीक्षा गर्ने भएका छन् । सरकारलाई प्रभावकारी बनाउनको लागि प्रधानमन्त्री ओलीले सबै मन्त्रालयहरूबाट भए-गरेका कामको समीक्षा गर्न लागेका हुन् ।

मन्त्रालयको प्रगति विवरण माग्नका लागि आज सबै मन्त्री र सचिवहरूलाई ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबार बोलाएको सचिवालयले जनाएको छ ।

कांग्रेस र एमाले मिलेर सरकार बनाएको चार महिना कटिसक्दा पनि अपेक्षित काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेलामा प्रधानमन्त्रीले मन्त्रालयको कामको समीक्षा गर्न लागेका हुन् ।

यसअघि नै प्रधानमन्त्रीले सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन् ।

सम्बन्धित खबर