२०८१ पौष २६, शुक्रवार , ०७:४०:०० बजे

Sajhamanch
'

छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याएर कार्यान्वयन गरौँ : स्वास्थ्यमन्त्री

मङ्गलवार, मंसिर ११, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

सातौं समामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही समयमा कानून नै बनाएर एकीकृत गर्नसके झनै राम्रो हुने बताए ।

उनले लक्षित वर्ग स्पष्टसँग छुट्याउनसके मात्रै लक्षित वर्गलाई थप सुविधा दिन सकिने स्पष्ट पारे । उहाँले नागरिकलाई दिने सेवा छिचोलेर नभइ एकीकृत गरेर प्रभावकारी ढंगबाट धेरै सुविधा दिनेतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।

उनले सामाजिक सुरक्षामा जस्तै स्वास्थ्य क्षेत्रमा छरिएर रहेका कयौँ कार्यक्रमलाई कानून संशोधन गरी एकीकृत गरेर स्वास्थ्य बीमा बोर्ड अन्तर्गत चलाउन आवश्यक रहेको बताए ।

सामाजिक सुरक्षा कोषबाट आफ्ना सदस्यका लागि सञ्चालित स्वास्थ्य सहयोग कार्यक्रममार्फतको सेवा स्वास्थ्य बीमा बोर्डबाट प्रदान गर्ने कार्यको थालनी गर्न आवश्यक रहेको स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ ।

उनको भनाइ यस्तो छ

‘लक्षित वर्ग स्पष्टसँग छुट्याऔँ । त्यसो गर्नसकेमा अहिले नै हामीले लक्षित वर्गलाई थप सुविधा दिनसक्छौँ । हामीले नागरिकलाई दिने सेवा छिचोलेर होइन, एकीकृत गरेर प्रभावकारी ढंगबाट धेरै सुविधा दिनेतर्फ ध्यान दिन आवश्यक हुन्छ । सामाजिक सुरक्षामा जस्तै स्वास्थ्य क्षेत्रमा छरिएर रहेका कयौँ कार्यक्रमलाई कानून संशोधन गरी एकीकृत गरेर स्वास्थ्य बीमा बोर्ड अन्तर्गत चलाउन आवश्यक देखिन्छ । संसारभर सामाजिक सुरक्षा र स्वास्थ्यबीमालाई अलग कार्यक्रमको रुपमा सञ्चालन गरिएको छ । सामाजिक सुरक्षा कोषबाट आफ्ना सदस्यका लागि सञ्चालित स्वास्थ्य सहयोग कार्यक्रममार्फतको सेवा स्वास्थ्य बीमा बोर्डबाट प्रदान गर्ने कार्यको थालनी गर्न आवश्यक छ । पहिलो चरणमा सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गरौँ । केही समयमा कानून नै बनाएर एकीकृत गरौँ । यसो गर्नसकेमा हामीलाई श्रोतको अपर्याप्तता जुन छ, त्यो अन्त्य हुने स्थिति आउँछ । नागरिकले जस्तोसुकै गम्भीर रोग लाग्दा पनि पैसाको अभावमा उपचार नपाउने अहिलेको स्थिति अन्त्य हुनसक्छ । सामाजिक सुरक्षा र स्वास्थ्य बीमा दुवैतर्फ छरिएर रहेका कार्यक्रमलाई एकीकृत गरेर जाऔँ । हामीले नागरिकलाई चाहे बमोजिमको सुविधा यस्तो गरेमात्रै दिन सकिन्छ ।’

सम्बन्धित खबर