२०८१ मंसिर ९, आइतवार , ०३:४१:४४ बजे

Sajhamanch
'

गिरफ्तारीबाट बच्नका लागि मेक्सिकोमा स्थानीय प्रहरी प्रमुखले आफैंमाथि गोली चलाए

आइतवार, मंसिर ९, २०८१

झापा । गिरफ्तारीबाट बच्नका लागि सेन्ट्रल मेक्सिकोको एउटा सानो शहरमा प्रहरी प्रमुखले आफ्नै ज्यान लिएका छन् ।

भ्रष्टाचार विरोधी छापा मार्ने क्रममा पक्राउ गर्न सेना आएपछि प्रहरी प्रमुखले आफैंलाई गोली प्रहार गरेका सीबीएस न्युजले जनाएको छ । सेनाले छापा मार्ने क्रममा अन्य शीर्ष प्रहरी कमान्डर र अमानाल्को शहरका मेयरलाई पनि पक्राउ गरेको खबरमा उल्लेख छ ।

यो छापालाई सङ्घीय अधिकारीहरूले ‘अपरेशन स्वार्मु नाम दिएका छन् । सङ्घीय सार्वजनिक सुरक्षा विभागले पक्राउ परेका सात जना अधिकारी आपराधिक समूहसँग आबद्ध रहेका बताएको छ ।

उनीहरूलाई जबरजस्ती असुली, अपहरण र हत्याजस्ता अपराधमा अभियोग छन् । यद्यपि उनीहरूविरुद्ध औपचारिक अभियोग दर्ता भएको छ कि छैन भन्ने स्पष्ट नभएको खबरमा उल्लेख छ ।

मेक्सिकोमा आपराधिक गिरोह र लागूऔषध तस्करले लामो समयदेखि स्थानीय अधिकारीहरूलाई आफूहरूका लागि काम गर्न धम्की वा घुस दिँदै आएका छन् ।