२०८१ पौष ८, सोमवार , ०७:४७:३६ बजे

Sajhamanch
'

युद्ध अपराधको आरोपमा इजरायलका प्रधानमन्त्री, पूर्व रक्षामन्त्री र हमास कमाण्डरविरुद्ध पक्राउ पुर्जी

शुक्रवार, मंसिर ७, २०८१

झापा । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायलका प्रधानमन्त्री र पूर्व रक्षामन्त्रीका साथै हमासका सैन्य कमाण्डरलाई पक्राउ पुर्जी जारी गरेको छ ।

आईसीसीले युद्ध अपराधको आरोपमा इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षामन्त्री योभ ग्यालान्टलाई पक्राउ पूर्जी जारी गरेको हो ।

हमासका सैन्य कमाण्डर मोहम्मद डेफको लागि पनि वारेन्ट जारी भएको बीबीसीले जनाएको छ । यद्यपि गएको जुलाईमा गाजामा हवाई आक्रमणमा परेर मोहम्मदको ज्यान गइसकेको इजरायलले दाबी गरिरहेको छ ।

आईसीसीका न्यायाधीशहरूले इजरायल र हमास बीचको युद्धको क्रममा कथित युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि उनीहरु तीन जनाले आपराधिक जिम्मेवारी लिनुपर्ने उचित आधारहरु रहेका बताएका छन् । तर इजरायल र हमास दुवैले आरोप अस्वीकार गरेका छन् ।

पक्राउ पुर्जी लागू गर्ने वा नगर्ने भन्ने विषयमा आईसीसीका एक सय २४ सदस्य राष्ट्रहरूको निर्णयमा निर्भर हुने खबरमा उल्लेख छ । यी सदस्य राष्ट्रमा इजरायल र यसको मुख्य सहयोगी संयुक्त राज्य अमेरिका समावेश छैनन् ।

अमेरिकाले आईसीसीको निर्णय अस्वीकार गरेकामा अरु धेरै युरोपेली देशहरूले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् ।

सम्बन्धित खबर