२०८१ पौष ८, सोमवार , ०८:०२:४४ बजे

Sajhamanch
'

रूसको संसदमा रक्षा खर्चमा व्यापक वृद्धि गर्ने प्रस्ताव अनुमोदन

शुक्रवार, मंसिर ७, २०८१

झापा । रूसी सांसदहरूले रक्षा खर्चमा झण्डै ३० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेका छन् । यसले युक्रेनविरुद्धको सैन्य आक्रमणका लागि अर्को वर्ष थप ठूलो खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

राजधानी मस्कोले आफ्ना लाखौँ अग्रपङ्क्तिका सैनिकलाई आकर्षक तलब दिएर सोभियत कालदेखि अहिलेसम्म नदेखेको स्तरमा सैन्य खर्च बढाएको समाचार संस्था एपीएफले जनाएको छ । तल्लो सदन स्टेट डुमाका सांसदहरूले हिजो बजेट पारित गर्ने पक्षमा मतदान गरेका हुन् ।

यो बजेटलाई संसदको माथिल्लो सदनले पारित गर्नुपर्छ भने राष्ट्रपतिले हस्ताक्षर गरेपछि कार्यान्वयनमा जाने खबरमा उल्लेख छ । यसअघि राष्ट्रपति भ्लादिमिर पुटिनले यसै वर्षको शुरूमा मस्कोले आफ्नो अर्थतन्त्रको नौ प्रतिशत रक्षा र सुरक्षामा खर्च गरिरहेको बताएका थिए।

सम्बन्धित खबर